चितवनको इच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनाका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ।
नेपालकै लोपोन्मुख जातिको सूचमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट गर्दैै जुत्ताको माला लगाएर कालोमोसो दलेपछि गाउँ परिक्रमा गराएका थिए।
नेकपाबाट निर्वाचित वडाध्यक्ष चेपाङलाई नेपाली कांग्रेसका कार्यकर्ता उत्तरकुमार गुरुङसहितको टोलीले अमानवीय कार्य गरेको बताइएको छ। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।
वडा भवनको कार्यालय सार्ने विषयमा बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास गरेको इलाका प्रहरी कार्यालय (मुग्लिन)ले जानकारी दिएको छ। प्रहरीले उक्त काण्डमा संलग्न उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको थियो। कालोमोसो दल्नेलाई कारबाही माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ।

प्रतिक्रिया