छापा खबर


यो हो विश्वकै महँगो जेल, जहाँ हुन्छ १ कैदीका लागि वार्षिक खर्च डेढ अर्ब

यो हो विश्वकै महँगो जेल, जहाँ हुन्छ १ कैदीका लागि वार्षिक खर्च डेढ अर्ब

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १:११,

सामान्य रूपमा जब मानिसको दिमागमा जेलको नाम आउँछ तब मनमा कैयौं किसिमका विचार उत्पन्न हुन थाल्छन्। त्यहाँको सुरक्षा, कैदीको खानपानको व्यवस्था आदि।

तर क्युबामा यस्तो जेल छ जसका बारेमा यी सबै कुरा सोच्न आवश्यक छैन । किनकि यहाँ एक कैदीका लागि नै अर्बौं रुपैयाँ खर्च हुने गर्छ। यसैले यो जेललाई विश्वकै महँगो जेल मानिन्छ। यो खबर आजको कारोबार दैनिकले एजेन्सीलाई उद्धृत गर्दै छापेको छ।

यो जेलको नाम हो– ग्वान्टानामो। ग्वान्टानामो खाडीको तटमा रहेकाले नै यो जेलको नाम ग्वान्टानामो राखिएको हो।

अमेरिकी अखबार न्युयोर्क टाइम्सको समाचार अनुसार यो जेलमा ४० कैदी मात्रै छन् र प्रत्येक कैदीका लागि वार्षिक १ अर्ब ४८करोड रुपैयाँको खर्च हुने गरेको छ।

यो जेलमा १ हजार ८०० सैनिक तैनाथ छन्। यहाँ एक कैदीका लागि करिब ४५ सैनिक नियुक्त भएका छन्। सैनिकको खर्च पनि ठूलै छ ।

यी सबै कुरा थाहा पाएपछि यो जेलमा कैदिलाई किन यती धेरै सुरक्षा दिइन्छ भन्ने सवाल उठ्न सक्छ। यहाँ कैयौं यस्ता अपराधी राखिन्छ, जो अत्यन्त खतरनाक मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .