ad ad

छापा खबर


निर्मला बलात्कार र हत्या प्रकरण : फेरि दिलिपसिंह विष्टलाई नै पक्राउ गर्ने तयारी

निर्मला बलात्कार र हत्या प्रकरण : फेरि दिलिपसिंह विष्टलाई नै पक्राउ गर्ने तयारी

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ०:५२,

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलिपसिंह विष्टतिर घुमिरहेको छ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले फेरि अनुसन्धानको सुई विष्टतिरै घुमाएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हत्यासँग सम्बन्धित प्रमाण बलियो बनाउन सिआइबीलाई निर्देशन दिइसकेका छन्।

स्रोतका अनुसार आशंकित व्यक्ति पक्राउ गर्न एथेष्ट प्रमाण जुटाउनुपर्ने भएकाले पनि प्रहरी केही दिनपछि हटेको हो।

हालसम्मको अनुसन्धानमा विष्ट अपराधको सबैभन्दा नजिक भएको प्रहरीको दाबी छ।

उनलाई गत वर्ष आरोपीको रुपमा प्रहरीले सार्वजनिक गरेको थियो। तर, डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयबाटै उनलाई छाडिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .