ad ad

छापा खबर


कुनै जटिलता नथपिए प्रधानमन्त्री एक-दुई दिनमै डिस्चार्ज हुने

कुनै जटिलता नथपिए प्रधानमन्त्री एक-दुई दिनमै डिस्चार्ज हुने

नेपालखबर
मंसिर १८, २०७६ बुधबार २३:५२,

उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक–दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले भने।

प्रधानमन्त्री ओलीलाई ९ दिनअघि ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नुअघि डायलसिस गरिने जानकारी ती चिकित्सकले दिए । ‘अब प्रधानमन्त्रीलाई घरमै आराम गर्दा पनि त्यति अप्ठ्यारो हुनेछैन,’ ती चिकित्सकले भने।

उनका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको ठाउँमा भएको घाउ निको हुने क्रममा छ । आईसीयूमा प्रधानमन्त्रीले राम्ररी कुराकानी गर्नुका साथै नरम (गिलो)आहारसमेत सेवन गरिरहेका छन् । उनले लिने नरम आहार बिस्तारै सामान्य आहारजस्तै भइरहेको छ।

सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा ६७ वर्षीय प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .