ad ad

छापा खबर


एसएसपी राणाले बिगारिदिए महिलाको घरबार, कारबाही गर्न गृहको पत्राचार

एसएसपी राणाले बिगारिदिए महिलाको घरबार, कारबाही गर्न गृहको पत्राचार

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ०:२८,

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानविन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

एक महिलाको उजुरीको आधारमा मन्त्रालयले प्रारम्भिक छानविन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

आफ्नो घर बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।

राणाले अर्की एक महिला प्रहरीमाथि दुव्र्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ।

सोही घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ।

उजुरी परेपछि गोप्य रुपमा छानविन गरेको थियो। छानविनका क्रममा एसएसपी राणा काममा भन्दा मार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएको गृहका एक अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .