ad ad

छापा खबर


पूर्वएआईजी डा.कृष्णकुमार तामाङ भन्छन् : ठाउँकाे ठाउँ गाेली हान्न पाउनुपर्‍याे!

पूर्वएआईजी डा.कृष्णकुमार तामाङ भन्छन् : ठाउँकाे ठाउँ गाेली हान्न पाउनुपर्‍याे!

नेपालखबर
मंसिर १८, २०७६ बुधबार २:३,

एसपीका रूपमा सशस्त्रमा पसेका डा. कृष्णकुमार (केके) तामाङले क्षेत्रीय प्रहरी प्रमुख(डीआईजी)का रूपमा पूर्व, मध्य र सुदूरपश्चिम क्षेत्रको कमान्ड सम्हाले।

र, सीमा सुरक्षा विभाग प्रमुख भएर पनि काम गरे। विद्यावारिधि पनि सीमा सम्बन्धमै गरेका उनले जागिरबाट ३ वर्षअघि अवकाश पाएका हुन्।

उनीसँगको अन्तर्वार्ता आज बुधबार प्रकाशित जनआस्था साप्ताहिकले अन्तर्वार्ता छापेको छ। विभिन्न प्रश्नमध्ये यहाँ एउटा प्रसंग प्रस्तुत गरिन्छ :

भारतले नयाँ नक्सा सार्वजनिक गरेसँगै नयाँ तरंग पैदा भएको छ। यसलाई कसरी लिने?
यो नयाँ रोग होइन, पुरानै व्याधी हो। यसलाई हल गर्न राजनीतिक, कूटनीतिक समझदारी र सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय छलफल हुन जरुरी छ। त्यो वार्तामा राजनीति गर्ने मात्र होइन, विज्ञ, प्राविधिक, तत्सम्बन्धी ज्ञातालाई अनिवार्य सहभागी गराउनुपर्छ। स्थायी उपाय भनेको सीमामा काँडेतार वा पर्खाल लगाउनु हो।

नेपालमा मात्र होइन, भारतमा पनि गौहत्या बर्जित छ। तर त्यही नाकाबाट गाई, गोरु तस्करी गरी बंगलादेश पुर्याइन्छ। यसरी तस्करी हुुुँदा सीमा सुरक्षा गर्ने शसस्त्रलाई ठाउँको ठाउँ गोली हान्ने अख्तियारी दिनुपर्यो नि! त्यो अख्तियारी नदिँदासम्म नाम मात्रको सशस्त्र फौज गठन गरेर के काम? अझै सीमामा सेना र ड्रोन पठाउने कुरा उठ्दै छ। त्यहाँ रोबोट नै पठाइए पनि जबसम्म अधिकार, अख्तियारी, कार्यादेश र क्षेत्र निर्धारण हुँदैन तबसम्म कसैले केही परिणाम ल्याउन सक्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .