ad ad

छापा खबर


मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि ‘जक’ : समाजमा बाँच्नै गाह्रो!

मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि ‘जक’ : समाजमा बाँच्नै गाह्रो!

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १:३६,

कानुन नागरिक समाजलाई असुरक्षित, अनुशासित र मर्यादिन बनाउनका लागि आउने हो।

तर, गत वर्ष जारी मुलुकी अपराध संहिताको दफा २१९ ले रिस उठेको मान्छेलाई सताउने मेलो खोलेको खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिले छापेको छ।

मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि ‘जक’ को चलन यति बढ्यो कि देशभरका प्रहरी हिरासतदेखि कारागारसम्म यस्तै कसुरदारले भरिभराउछन्।

सभामुख कृष्णबहादुर महरादेखि चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजसम्म अहिले कानुनी दायरामा छन्।

उनीहरुको कसुर वास्तविक हुन् वा बनावटी भन्ने कुरा त सम्मानित अदालतको अन्तिम फैसलाबाट आउला।

तर ‘बाख्राको पुच्छर काटे बोकालाई सजिलो’ भन्नेजस्तो आरोप लगाइदिएपछि मुद्दा चल्न अर्थोक नचाहिने स्थितिले यही नाममा मोलमोलाईको धन्दा बढेको छ।

यस्तो मुद्दाले गर्दा डिल्लीबजार कारागारमा पनि कैदीको चाप थेग्न नसक्ने गरी बढेको छ।

त्यहाँ प्रहरीका पूर्वआइजिपी रमेशचन्द्र ठकुरीदेखि प्रहरी हत्याको अभियोग लागेका सांसद रेशम चौधरीसम्मका कैदी छन्।

मुलुकी अपराध संहिताको दफा २१९ लागेर पुगेका कैदीसँग कारागारभित्रै रकमको मोलमोलाई बढ्न थालेपछि त्यस्तालाई त्यहाँका जेलर अरुण पोखरेलले भेटघाटै बन्द गराइदिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .