ad ad

छापा खबर


निर्यात १ खर्ब पुर्‍याउने दशकअघिको लक्ष्य बल्ल पूरा हुँदै

निर्यात १ खर्ब पुर्‍याउने दशकअघिको लक्ष्य बल्ल पूरा हुँदै

नेपालखबर
मंसिर १८, २०७६ बुधबार २:६,

निर्यात मूल्यलाई १ खर्ब पुर्‍याउने नेपालको दशकअघिको लक्ष्य बल्ल पूरा हुने देखिएको छ।

सरकारले २०६४ मै ल्याएको तीन वर्षीय अन्तरिम योजनाले निर्यात १ खर्ब पुर्‍याउने लक्ष्य लिएको थियो । तर, हालसम्म पनि नेपालले वार्षिक निर्यात मूल्यलाई १ खर्ब पुर्‍याउन सकेको छैन ।

चालू आर्थिक वर्षमा भने दशकअघि लिइएको लक्ष्य भेट्ने गरी निर्यात १ खर्ब नाघ्ने देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन्।

चालू आवको पहिलो चार महिनामा नेपालले ३६ अर्ब २७ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३।९० प्रतिशतले बढी हो ।

यस आवको सुरुदेखि हरेक महिना नेपालको निर्यातले दोहोरो अंकको वृद्धि हासिल गरिरहेको छ । चार महिनामा भएको निर्यात, वृद्धिदर र निर्यात वृद्धिको सम्भावनालाई आधार मान्दा चालू आवमा नेपालले १ खर्बभन्दा बढीको निर्यात गर्ने देखिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् ।

‘सरकारले निर्यात वृद्धिको रणनीति बनाएर उद्यमशीलता प्रवर्द्धन, उत्पादन वृद्धि, निर्यातलाई प्रोत्साहनलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । जसले गर्दा निर्यातको वृद्धि अपेक्षाकृत हुन थालेको छ,’ उनले भने, ‘चार महिनामा ३६ अर्बको निर्यात हुनुले चालू आवमा निर्यात मूल्य १ खर्बभन्दा बढी हुन्छ भन्ने प्रस्ट संकेत गरेको छ।’

सरकारले हालै ल्याएको व्यापार घाटा न्यूनीकरणको राष्ट्रिय रणनीति कार्यान्वयन हुँदै जानेक्रममा निर्यात बढ्दै गएको र यसले अझ गति लिने उनको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .