ad ad

छापा खबर


साग : १ मिलि सेकेन्डले जसले जितिन् स्वर्ण पदक

साग : १ मिलि सेकेन्डले जसले जितिन् स्वर्ण पदक

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १:२८,

एथलेटिक्स खेलै पुरानो। यसलाई ‘फादर अफ स्पोर्टस्’ मानिन्छ। यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन्।

१३औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी भएकी हुन्।

सन्तोषीले दशरथ रंगशालाको ट्रयाकमा १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन्। उनले १ मिलि सेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन्।

सन्तोषीको टाइमिङ निस्कियाे- ३५ मिनेट ०७.९४ सेकेन्ड। कविताको टाइमिङ ३५ मिनेट ०७.९५ सेकेन्ड। १ मिलि सेकेन्ड भनेको त्यति थोरै समय हो, जुन १ सकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो। अर्थात्, हजार मिलिसेकेन्ड बराबर एक सेकेन्ड हो। यो खबर आजको कान्तिपुरमा ध्रुव तुलाधर र हिमेशले लेखेका छन्।

‘फोटो फिनिस’ (यति नजिक) कि अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकन) कै रूपमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .