छापा खबर


आलम आतंक : सशस्त्रका तत्कालीन एसपीद्वारा घाइतेलाई जिउँदै जलाउन सहयोग गरेको स्वीकार

आलम आतंक : सशस्त्रका तत्कालीन एसपीद्वारा घाइतेलाई जिउँदै जलाउन सहयोग गरेको स्वीकार

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ०:३०,

रौतहट राजपुर बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने घटनामा संलग्न रहेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आरोप स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय (रौतहट)मा उपस्थित भएर लामाले सो घटनामा सशस्त्र प्रहरी नै खटिएको बयान दिएका छन्।

विस्फोट र घटनाका मुख्य अभियुक्त मोहम्मद अफ्ताब आलमलाई तत्कालीन सीडीओ दुर्गा भण्डारीले नै संरक्षण गरेको उनको दाबी छ। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

बम विस्फोटको सूचना पाएपछि आफूले भण्डारीसँग अनुमति मागे पनि उनले नेपाल प्रहरीले अनुसन्धान गर्ने भन्दै रोकेको लामाले बताएका छन्।

विस्फोटमा घाइते भएकालाई ट्याक्टरमा राखेर इँटाभट्टामा पुर्याउन सशस्त्रकै प्रहरीले स्कर्टिङ गरेको विभिन्न अनुसन्धान र प्रत्यक्षदर्शीको दाबी छ।

पहिलो संविधानसभा निर्वाचनमा बुथछेउ बम पड्काउने र मतदातालाई तर्साएर बुथ कब्जा गर्ने योजनाअन्तर्गत बम बनाइएको थियो। बम बनाउने क्रममा २७ चैत ०६४ मा विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीको दाबी छ।

घटना लुकाउन घाइतेलाई समेत बेहोस हुने सुई लगाएर इँटाभट्टामा हालेर जलाइएको पीडितले बताएका छन्।

उक्त अभियोगमा अहिले आलम जेलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad