छापा खबर


राजा वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

राजा वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ०:४१,

राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक/एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी थालेको बताइएको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad