ad ad

छापा खबर


२० सहसचिवको दरबन्दी थप्दै गृह, जसलाई सिडिओका रूपमा खटाइनेछ यी १९ जिल्लामा

२० सहसचिवको दरबन्दी थप्दै गृह, जसलाई सिडिओका रूपमा खटाइनेछ यी १९ जिल्लामा

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ०:४६,

गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्न प्रक्रिया अघि बढाएको छ।

संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविद्हरूले आलोचना गरिरहेका बेला सो प्रक्रिया अघि बढाइएको हो।

मंसर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गृहमा थप २० सहसचिव दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन्।

प्रस्ताव स्वीकृत भएसँगै सहसचिव थप्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। दरबन्दी थप भएसँगै अब गृहले थ १९ जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिवलाई खटाउने मन्त्रालयका सचिव प्रेमकुुमार राईले जानकारी दिए।

मन्त्रालयका अनुसार सहसचिवलाई प्रजिअ बनाउन लागिएका जिल्लाहरूमा पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, जुम्ला, रोल्पा, बैतडी, जाजरकोट, दैलेख, डडेल्धुरा र अछाम छन्।

यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहसचिव दरबन्दी सिर्जना गर्न लागिएको छ। अहिले ती जिल्लामा उपसचिवलाई खटाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .