ad ad

छापा खबर


मेडिकल कलेज : अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति, मध्यरातमा २ बुँदे निर्णय

मेडिकल कलेज : अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति, मध्यरातमा २ बुँदे निर्णय

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ०:२९,

मेडिकल शिक्षाको शुल्क समायोजनमा सहमति जुटेको छ।

मंगलबार दिनभरेको रस्साकस्सीबीच मध्यरातमा शिक्षा मन्त्रालय र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमति भएसँगै निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्ने र शुल्क समायोजन गर्ने विषयमा सहमति जुटेको हो।

मंगलबार राति पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुल्क समायोजनसँगै चिकित्सा शिक्षामा देखिएको विकृति समाधान हुने दाबी गरे। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

‘समस्या समाधान भइसकेको छ। अब विद्यार्थीले आन्दोलन रोकेर शैक्षिक गतिविधिलाई अघि बढाउन सहयोग गर्नुपर्छ,’ उनले भने।

विश्वविद्यालयबाट काउन्सिलिङ गरी बैकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा नेपाल सरकारद्वारा निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले बुधबारदेखि नै बढी शुल्क फिर्ता वा समायोजनको कार्य थालनी गर्ने मेडिकल कलेजका सञ्चालकले प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .