छापा खबर


मोबाइल अफ गरेर १ महिनादेखि कहाँ हराइन् स्वास्थ्य सचिव?

मोबाइल अफ गरेर १ महिनादेखि कहाँ हराइन् स्वास्थ्य सचिव?

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १:९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ।

गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ। उनको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको छ।

राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो।

मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत गर्दै सोको जानकारी सचिव डा.चौधरीलाई जानकारी दिनसमेत मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्यमा मन्त्रालयमा पत्र पठाए पनि मौखिकरुपमा लिन नसकिएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन्।

१७ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले डा.चौधरीको राजीनामा अस्वीकृत गरेको थियो। राजीनामा अस्वीकृत एक साता बितिसकेको छ। मन्त्रालयका प्रवक्ता समेत रहेका श्रेष्ठले भने,‘सचिवज्यू मन्त्रालयमा आउनु पर्ने त हो तर राजीनामा पेश गरेपछि अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन, मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत भएको जानकारी उहाँको इमेलमा पठाएका छौं।’

सचिव डा. चौधरीको मोबाइल स्वीच अफ छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिरका लागि उनले निवेदन दिएको स्रोतले बतायो। डा. चौधरीसँगै मन्त्रालयकी पूर्वसचिव डा. किरण रेग्मी पनि प्रतिष्पर्धामा सहभागी थिइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रालयमा आएदेखि नै स्वास्थ्य सचिव डा.चौधरीसँग खटपट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad