ad ad

छापा खबर


उपभोक्तासँग खेलबाड गर्दै खाद्य कम्पनी : कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

उपभोक्तासँग खेलबाड गर्दै खाद्य कम्पनी : कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ५:२४,

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ।

सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन। खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार आउँदासमेत कम्पनी भने ढाकछोपमै लागेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौं मूल्यका चालम कुहिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ केजी चामल अयोग्य ठहर गरेको छ। तर, खाद्य कम्पनीले भने विभागको निर्देशनलाई समेत अटेर गरी पुनः प्रशोधन गरी बिक्री गर्ने तयारी गरेको खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, अञ्चल कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले घुमाउरो पाराले चामल अखाद्य रहेको स्वीकार गरेका छन्।

‘लामो समयदेखि गोदाममै चामल थन्किएकाले गुणस्तर मात्र कम भएको हो। पूर्ण रूप कुहिएको छैन,’ बुढाथोकीले भने, ‘आर्थिक वर्ष २०७१÷७२ मा जनकपुरबाट आफ्नै मिलमा कुटाएर ल्याएको हो। त्यो समयमा जनकपुरबाट बासमती चामल ठूलो परिमाणमा ल्याएका थियौं। सबै चामल बिक्री गर्न नसक्दा गोदाममा थन्किएको थियो।’

गोदाममै थनकिएको चामल समयमा व्यवस्थापन गर्न नसक्दा केही बिग्रिएको बुढाथोकीले बताए। कुहिएको चामल किन बेच्ने तयारी गरेको भनेर गरिएको प्रश्नमा उनले प्रशोधनपछि खाद्य गुणस्तर प्रविधिको रिपोर्टअुनसार बिक्री गर्न सक्ने दाबी गरेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने प्रशोधन गरेको चामल खानयोग्य नहुने बताए। प्रवक्ता महर्जनले भने, ‘प्रशोधन गरिएको चामल मानिसका लागि खान योग्य हुँदैन। त्यसका लागि हामीले कुनै सहमति दिने कुरौ हुँदैन।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .