ad ad

छापा खबर


साग : सदस्यसचिव सिलवालको यस्तो मनपरी

साग : सदस्यसचिव सिलवालको यस्तो मनपरी

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ५:१०,

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सञ्चालन र व्यवस्थापन गर्न सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई ३ अर्ब ६५ करोड रुपैयाँ बजेट स्वीकृत गरी निकासासमेत दिएको छ। र, साग सम्पन्न गर्न धमाधम कामहरूसमेत भइरहेका छन्।

तर, यति ठूलो प्रतियोगिताका लागि विनियोजित बजेट दुरुपयोग हुने सम्भावना रहेको खेलकुदसम्बद्ध सरोकारवालाहरूले बताउने गरेका छन्।

यसरी दुरुपयोगको आशंका उत्पन्न हुने कारणमा आन्तरिक व्यवस्थापनको जिम्मेवारीमा रहेका राखेपका सदस्यसचिव रमेश सिलवालको कार्यशैली रहेको छ। सदस्यसचिव सिलवालको गैरजिम्मेवार व्यवहार र जिम्मेवारी बाँडफाँटमा एकलौटीपनले अर्बाैंको खर्चप्रति आशंका जन्मिएको जानकार स्रोतको भनाइ छ भनेर आज (सोमबार) प्रकाशित साँघु साप्ताहिकले खबर लेखेको छ।

समयावधि कम भएका कारण मन्त्रिपरिषदले साग खेलका लागि टेन्डर आह्वान गर्न नसकिने निष्कर्ष निकाल्दै व्यापारीसँग वार्ता गरी मूल्य घटाघट गरी समितिमार्फत खरिद प्रक्रिया अघि बढाउन राखेपलाई निर्देशन दिने निर्णय गरेको थियो। यस्तो समितिमा उच्चस्तरीय, अनुभव प्राप्त व्यक्ति र टीम विज्ञलाई राखेर विवाद कम हुने गरी समिति बनाउनुपर्नेमा राखेप सदस्यसचिव सिलवालले आफ्ना ‘यस म्यान’लाई मात्र राखेर समिति बनाउने निर्णय गरे।

राष्ट्रकै इज्जत र प्रतिष्ठासँग गाँसिएको साग प्रतियोगिताको व्यवस्थापनमा सदस्यसचिव सिलवालले दक्ष, अनुभवी, ओलम्पिक कमिटी, पूर्वसदस्यसचिवहरू, वर्तमान पदाधिकारीहरूलाई नसेमेटी एकलौटी रूपमा आयोजनामा खर्च र व्यवस्थापनमा असन्तुष्टि व्यक्त हुन थालेको राखेप स्रोत बताउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .