ad ad

छापा खबर


नापी विभागले किन लुकायो नेपालको नयाँ नक्सा?

नापी विभागले किन लुकायो नेपालको नयाँ नक्सा?

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ४:४८,

भूमि व्यवस्था मन्त्रालय र नापी विभागले नेपालको नयाँ नक्सा लुकाएर राखेको आशंका नेपालका बुद्धिजीवीहरूले गरेका छन्।

लिम्पियाधुरासम्म समेटिएको नक्सा लुकाउनुमा भारतीय प्रभाव नै रहेको सिंहदरबारमा चर्चा छ। २ वर्ष पहिला नै त्यो नक्सा तयार भइसकेको हो। र, नेपालको नक्सा गलत भएको भन्दै सच्याउन माग भइरहेको छ।

निशान छापको नेपालको नक्सा गलत भएको पुष्टि भएपछि गत वर्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नक्सा सच्याउने प्रतिबद्धता पनि जनाएकी थिइन्। र, गलत नक्सा प्रयोगमा नल्याउने भनिएको थियो। तर अहिलेसम्म त्यसले प्रगति गरेको छैन।

नेपालको नक्सा सच्याएलगत्तै अतिक्रमित भूमि कालापानी क्षेत्र समेट्नुपर्ने हुन्छ। त्यसमाथि दुई हप्ता पहिला मात्रै राज्य व्यवस्था समितिले सुगौली सन्धि अनुसारको नेपालको नक्सा प्रकाशन गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारको यो प्रयासलाई रोक्नुपर्ने श्यामशरण भ्रमणको मक्सद रहेको र्चा बुद्धिजीवीहरूले गर्ने गरेका छन्।

तर श्यामशरणको मक्सदले गतिलोसँग काम गरेको छैन भन्ने पुष्टिचाहिँ यही मंसिर ५ गते बिहीबार सरकारले भारतलाई कूटनीतिक नोट पठाएको घटनाले पुष्टि गर्छ भनेर आज (सोमबार) प्रकाशित साँघु साप्ताहिकले खबर लेखेको छ। यद्यपि नापी विभागले नक्सा सार्वजनिक नगर्नुले भने अहिले पनि प्रश्न उठाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .