ad ad

छापा खबर


शुल्क फिर्ता माग्ने नेसनल कलेजका सय विद्यार्थीलाई कलेज प्रवेशमै रोक

शुल्क फिर्ता माग्ने नेसनल कलेजका सय विद्यार्थीलाई कलेज प्रवेशमै रोक

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ०:७,

सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै अनशनमा बसेका विद्यार्थीमाथि वीरगञ्जको नेसनल मेडिकल कलेजले दमन गरेको छ।

एमबीबीएस पहिलो वर्षमा अध्ययनरत सय विद्यार्थीलाई कलेज प्रशासनले प्रवेशमै रोक लगाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरु बिहीबार दिउँसो गेटबाहिर रिले अनशनमा बसेका थिए।

दिनभर रिले अनशनमा बसेका विद्यार्थीलाई साँझ होस्टल छिर्न दिइएन। कलेजले उपल्लो तहका केही विद्यार्थीको नाममा गुण्डा प्रयोग गरेर आन्दोलन दबाउन खोजेको पीडित विद्यार्थीको गुनासो छ।

यसअघि कलेज प्रशासनले सिधै दमन गर्दा सर्वत्र आलोचना भएपछि अहिले केही सिनियर विद्यार्थी नै उठाएर गुण्डासमेत प्रयोग गरेको विद्यार्थी धनबहादुर तामाङले बताए।

बढी लिएको रकम फिर्ता वा समायोजन नहुँदासम्म आन्दोलन नरोक्ने विद्यार्थीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .