छापा खबर


ज्ञानेन्द्रले डिस्कोमा कम्मर मर्काउनुको अर्थ के हो?

ज्ञानेन्द्रले डिस्कोमा कम्मर मर्काउनुको अर्थ के हो?

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १:४९,

सामाजिक सञ्जाल, मिडिया अनि राजनीतिमा अहिले कालापानी र लिपुलेक छाएको छ।

तर, गत शनिबार बेलुका साढे ११ बजेतिर ठमेलको चल्तीको लाउन्जर एलओडीमा रात्रिकालिन मनोरञ्जनमा रमाउन पोख्त जमात फ्लोरमा लाउड म्युजिकमा नाचमा मस्त भएका बेला छिर्केमिर्के ढाकाटोपी र खैरो कोटमा कम्मर मर्काउन पुगे पूर्वराजा ज्ञानेन्द्र शाह।

अग्लो पर्खालभित्रको दरबारभित्र अनेक रासलीला र काण्ड घटे पनि कडा अनुशासन र नागरिकसँग टाढै रहन रुचाउने सार्वजनिक छवि बनाएका राजपरिवारका मुली नै लाउन्जरमा पुगेर कम्मर मर्काउनुको अर्थ के हो?

लाउन्जरमा उनी कोट फुकालेर नाचे, युवतीका हात समात्दै नाचे। 

युवराज, संवैधानिक राजा, सक्रिय राजा हुँदै पूर्वराजामा परिणत भएका उनका विभिन्न मुड र चरित्र देखिएकै हो।

शनिबार बेलुका भने जुन दृश्य देखियो, त्यो बिल्कुल भिन्न थियो। यो खबर आज बिहीबार प्रकाशित हुने शुक्रबार साप्ताहिकमा केपी ढुंगानाले लेखेका छन्।

दरबार हत्याकाण्डसँग अकस्मात उनको काँधमा आएको राजतन्त्रको सिंहासन उनी ज्यूँदैछँदा समाप्त भएको थियो।

तत्कालिन राजा वीरेन्द्र शाहका परिवारको हत्यासँगै शक्तिमा आएका ज्ञानेन्द्रको नकारात्मक छबि र सक्रिय राजतन्त्र फर्काउने प्रयास पनि राजतन्त्र अन्त्यका कारक थिए।

संवैधानिक राजतन्त्रको राजनीतिक मुद्दा बोकिरहेको राप्रपा लाउन्जरमा देखिएको ज्ञानेन्द्रको मुडबाट हौसिएको देखियो।

तर, ज्ञानेन्द्रले जति प्रयास गरे पनि पूर्व भइसकेको राजतन्त्र फर्काउन सम्भव छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad