छापा खबर


आलम आतंक : जाहेरवाला र साक्षीलाई चौबीसैघण्टा प्रहरीको कडा सुरक्षा

आलम आतंक : जाहेरवाला र साक्षीलाई चौबीसैघण्टा प्रहरीको कडा सुरक्षा

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १:९,

रौतहटको राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ।

छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ। उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा फणि महतले लेखेका छन्।

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ।

खातुनको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन। सिंह परिवारको सुरक्षाका लागि नजिकैको चौकीबाट समेत प्रहरी खटिने गरेका छन्।

पछिल्ला दिनमा प्रत्यक्षरूपमा धम्की नआएको तर फकाउने मनसायले कुराहरू आउने गरेको सिंहका छोरा सतेन्द्रप्रताप सिंहले बताए।

आलमको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा पनि सिंह परिवारलाई मुद्दा फिर्ताको दबाब आएको थियो। सिंहले न्यायाधीश समक्ष पनि आफूलाई पैसा लिएर मुद्दा फिर्ता लिन दबाब आएको बताएका थिए।

बम बिस्फोटका घाइते भनिएका सर्लाही जिल्ला गडैता–२ पिपरातटोलका सफि अहमद तथा भारतको बिहार राज्यस्थित बैरगनिया मुसाचौकका गौरीशंकर रामलाई पनि प्रहरीले सुरक्षा दिएको छ। अहमद र रामले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। उनीहरूलाई प्रहरीले आफ्नो सेल्टरमा सुरक्षा दिएको छ।

आलममाथि थुनछेक बहस चलिरहँदा रामलाई घरबाट लगेर चारदिनसम्म बन्धक बनाइ स्टोभ पड्केर घाइते भएको भन्ने व्यहोराको कागजमा हस्ताक्षर गर्न लगाएका थिए। रामले अदालतमा बम पड्केर आफू घाइते नभएको व्यहोराको निवेदन अदालतमा बुझाएका थिए।

बारामा तीनजना साक्षीहरू छन्। उनीहरू र परिवारलाई सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय बारामा पत्राचार भएको छ। रौतहट, बारा, सर्लाहीमा रहेका जाहेरवाला, साक्षी र पीडित परिवारको सुरक्षाका लागि नजिकैको युनिटबाट प्रहरी खटाइएको रौतहटका एसपी खत्रीले जानकारी दिए।

खटिएका प्रहरीले दिनँहु उनीहरूको अवस्था, सुरक्षाको अनुभूतिका बारेमा बुझेर माथिल्लो निकायमा जानकारी गराउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad