छापा खबर


हटाइने भनेका मन्त्री ‘ढुक्क’, मन्त्रिपरिषद् पुनर्गठन रहस्यमय

हटाइने भनेका मन्त्री ‘ढुक्क’, मन्त्रिपरिषद् पुनर्गठन रहस्यमय

नेपालखबर
मंसिर १, २०७६ आइतबार ०:५७,

मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ।

एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा सुरु भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन।

नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरूले कार्य सम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुगर्नठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन्। यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हटाइने भनिएकामध्ये एक हुन्। तर उनले मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला मात्र भएको बताए। यो खबर आजको नेपाल समचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन्।

मन्त्री महासेठकै बोली अर्का ‘हट्ने भनिएका’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पनि छ। ‘मन्त्रिमण्डल पुनर्गठन मिडिया हल्लाबाहेक अरू केही पनि होइन,’ उनले नेपाल समाचारपत्रसँग भने, ‘मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको अधिकार प्रक्रिया र प्रणालीभित्रको विषय हो तर हल्लाकै भरमा मन्त्रिमण्डल पुनर्गठन हुँदैन।’

प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीहरूसँग एक वर्षे कार्य सम्पादन सम्झौताअनुसार पनि तत्काल मन्त्रीबाट नहट्ने संकेतका रूपमा मन्त्रीहरूले लिँदै आएका छन्।

मन्त्री पण्डितले मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चालाई ताप्केको बिँड मात्र तातेको तर भाँडो नतातेको उदाहरण दिँदै भने, ‘ढुक्क हुनुस्, मन्त्रिपरिषद् अहिले नै अदलबदल हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad