छापा खबर


रौतहट कारागारमै बस्न चाहन्थे आलम, नख्खु ल्याउँदा प्रहरीसँग भयाे भनाभन

रौतहट कारागारमै बस्न चाहन्थे आलम, नख्खु ल्याउँदा प्रहरीसँग भयाे भनाभन

नेपालखबर
मंसिर १, २०७६ आइतबार ०:२८,

आलम : म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ।
प्रहरी : तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ।
आलम : (झर्किंदै) म अन्त जान्नँ।
प्रहरी : तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ।
आलम : कुन करागार लाने कुरा छ? डिल्लीबजार कि अन्तै?
प्रहरी : डिल्लीबजार होइन, नख्खु।
आलम : निकै टाढा छ कि क्या हो?
प्रहरी : छैन, नजिकै छ।

जिल्ला अदालत रौतहटहले पुर्पक्षका लागि जेल चलान गर्नै आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताव आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो यो। त्यस क्रमममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ।

पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन्। चर्काे स्वरमा आफूलाई रौतहटबाट अन्यत्र नलैजान आग्रह गर्छन्। यो खबर आजको कान्तिपुरमा मातृका दाहाल (काठमाडौं) र शिव पुरी (रौतहट) मिलेर लेखेका छन्।

काठमाडौं नजाने अडान लिएका आलमलाई राति ९ बजे हत्कडी लगाएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटले ‘एस्कर्टिङ’ गाडीसहित पठाएको थियो।  

२०६४ चैत २७ गते राति बम विस्फोटमा घाइते भएका मानिसलाई इँटा भट्टामा हालेर मारेको अभियोगमा आलमसहित १२ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad