छापा खबर


पटक-पटक वार्ता, तर ओली र प्रचण्डबीच अविश्वास बढ्दै

पटक-पटक वार्ता, तर ओली र प्रचण्डबीच अविश्वास बढ्दै

नेपालखबर
मंसिर १, २०७६ आइतबार ०:१०,

एक समय एकअर्काका कटु आलोचक बनेका केपी शर्मा ओली र पुष्पकमल दाहाल अहिले नेकपाका अध्यक्ष छन्।

उनीहरुकै भाषामा एउटा जेटका दुई पाइलट। सरकारको समेत नेतृत्व गरिरहको पार्टीका यी दुई अध्यक्ष बीच हरेक दिनजसो भेटघाट हुन्छ।

सरकार, पार्टी र अन्य महत्वपूर्ण विषयमा छलफल हुन्छ। तैपनि उनीहरुबीच विश्वासको वातावरण बन्न नसकेको खबर आजको कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छन्।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको १७ महिना तथा ओलीको नेतृत्वमा सरकार गठन भएको २० महिना भइसक्दासमेत यी दुई नेताको मन र मत मिल्न नसकेकै कारण केही महत्वपूर्ण निर्णयमा ढिलाई हुने गरेको छ।

दुई अध्यक्षबीच पटकपटक घन्टौँ वार्ता हुँदा पनि धेरै विषयमा कुरा मिल्न सकेको छैन।

पछिल्लोपटक मन्त्रिपरिषद हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक र द्वन्द्वकालिन न्यायसम्बन्धी आयोगहरुमा पदाधिकारी नियुक्तिका विषयमा उनीहरुबीच सहमति जुटेको छैन।

‘दुई अध्क्षबीच पटकपटक लामो कुराकानी हुन्छ, तर के विषयमा कुरा गर्नुहुन्छ, त्यो सबै हामीलाई भन्नुहुन्न,’ महासचिव विष्णु पौडेलले भने, ‘पार्टी र सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी गर्नुहुन्छ होला।’

यति धेरै वार्ता भइरहँदा पनि उनीहरुबीच बेला बेला सार्वजनिक रुपमै विवाद र असन्तुष्टि देखिने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad