छापा खबर


यस्तो छ प्रधानमन्त्रीले आफ्ना सबै सल्लाहकारको राजीनामा गराउनुको अर्काे रहस्य

यस्तो छ प्रधानमन्त्रीले आफ्ना सबै सल्लाहकारको राजीनामा गराउनुको अर्काे रहस्य

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार २:४२,

प्रधानमन्त्री केपी ओलीले एक्कासि सचिवालय सदस्यहरूलाई राजीनामा माग्नुको रहस्य अहिले मात्र होइन, नेकपाभित्र पनि रहस्यका रूपमा हेरिएको छ।

नयाँ ढंगले काम गर्न प्रधानमन्त्री ओलीले सल्लाहकारको टोलीलाई राजीनामा गराएको चर्चा चलेको छ। त्यो चर्चासँगै मन्त्रीहरूको राजीनामासँग पनि जोडिएको छ। तर त्यति मात्रै कारण भने नरहेको प्रधानमन्त्री निकट स्रोतहरूको दाबी छ।

अहिेले सचिवालयमा रहेका सदस्यहरूमध्ये प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार कुन्दन अर्यालसँग प्रधानमन्त्री पहिलेदेखि रुष्ट थिए। अर्यालसँग त कतिसम्म रुष्ट थिए भने उनको कार्यकक्ष प्रधानमन्त्रीको कार्यालयबाट सारेर ऊर्जा मन्त्रालयको कार्यालयमा पुर्याइएको थियो। यी तीनै जनाको बाहिरी सम्पर्क त गतिलो थिएन नै, पार्टीभित्र पनि नेताहरूसँग सम्बन्ध गतिलो थिएन।

प्रधानमन्त्रीलाई निरन्तर सम्पर्कमा राख्ने र अपडेट गराउनेभन्दा पनि खोपीको देउताका रूपमा राख्न चाहन्थे। आफैं पनि धेरैसँग सम्पर्क नहुने रिमाल, अर्याल र भट्टराईले प्रधानमन्त्रीलाई अपडेटमै नराखेपछि उनी निकै रुष्ट थिए। यो खबर आज सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ।

कतिसम्म समस्या थियो भने केही दिन पहिला प्रधानमन्त्री ओलीको अन्तर्वार्ता अन्नपूर्ण पोस्टलाई दिने सन्दर्भमा पनि रिमालको टिम रोक्न चाहन्थ्यो। तर राजेश बज्राचार्यको च्यानलबाट आएको प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका थिए।

रिमालका विषयमा अन्नपूर्ण पोस्टले समाचार लेखेकै कारण रिमाल भरसक अन्नपूर्ण पोस्टसँग प्रधानमन्त्रीको सम्बन्ध सुधार भएको देख्न चाहँदैनथे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad