राजनीति


मन्त्री हेरफेर गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक

मन्त्री हेरफेर गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार २:४५,

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे बस्ने भनिएकाे बैठक एक घण्टापछि सुरु भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरलाई जानकारी दिए।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग छलफल गरेका थिए।

यही विषयमा छलफलका लागि ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक बोलाएका हुन्।

स्रोतका अनुसार आजको बैठकमा भारतले कालापानीमा गरेको सीमा अतिक्रमण, पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुनेछ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad