ad ad

छापा खबर


जिल्ला अदालतले सदर गरेको दोस्रो विवाह उच्च अदालतले बदर गरेपछि बेहुला-बेहुली थुनामा

जिल्ला अदालतले सदर गरेको दोस्रो विवाह उच्च अदालतले बदर गरेपछि बेहुला-बेहुली थुनामा

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार १:२४,

जिल्ला अदालतले मान्यता दिएको दोस्रो विवाह उच्च अदालतबाट बदर भएको छ।

काठमाडौं जिल्ला अदालतले गत भदौमा सदर गरिदिएको नारायण महत र दुर्गा श्रेष्ठको दोस्रो विवाह उच्च अदालतले बिहीबार बदर गरिदिएको हो।

काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका उनीहरूले २०७१ सालमा ‘डिपेन्डेन्ट’ मा जापान जान काननुी विवाह गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्।

महतकी पहिली पत्नी सावित्री महतले आफूसँग विवाह समबन्ध कायम हुँदाहुँदै अर्काे विवाह गरेको भन्दै जाहेरी दिए पनि काठमाडौं जिल्ला अदालतले भदौ ५ गते दोस्रो विवाहलाई नै सदर गरेको थियो।

त्यसपछि सावित्रीले उच्च अदालत (पाटन)मा पुनरावेदन दिएकी थिइन्। विदेश जाने बहानामा अदालतलाई नै ढाँटेर दोस्रो विवाह गरेको खुलेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गरिदिएको हो। उनीहरू अहिले थुनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .