ad ad

छापा खबर


आलम आतंकः तत्कालिन गृहमन्त्री कृष्ण सिटौलामाथि पनि कारबाही गर्न माग

आलम आतंकः तत्कालिन गृहमन्त्री कृष्ण सिटौलामाथि पनि कारबाही गर्न माग

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार १:८,

कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड देखा परेको छ।

विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छिन् ।

२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा हिरासतमा रहेका आलमविरुद्ध अदालतमा थुनछेक बहस जारी रहेकै वेला अमना बयान फेर्दै अदालत पुगेकी हुन्।

उनले बिहीबार पति ओसी अख्तरलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी थिइन् । तर, शुक्रबार भने अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी हुन्।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार अमनाले आलमविरुद्ध बयान फेर्दै आफ्ना पति इँटाभट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको निवेदन दिएको जानकारी दिए ।

इँट्टाभट्टामा जलाएर मारिएका भनिएका ओसी वैदेशिक रोजगारमा गएर नफर्किएको व्यहोरासहितको निवेदन उनले अदालतमा दर्ता गराएकी छिन् । श्रेस्तेदार पराजुलीले भने, ‘मेरो श्रीमान् विदेशमा गएपछि बा“चेको या मरेको खबर नआएको भन्दै उनी अदालतमा आएकी हुन् ।’

तत्कालीन गृहमन्त्रीमाथि कारबाहीको माग
अधिकांश कानुन व्यवसायीले प्रतिवादी आलमसहित घटनामा सामेल भएका सबैलाई मागदाबीअनुसार हदैसम्मको कारबाहीको माग गरेका छन्।

साथै, आलमलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही अगाडि बढाउन माग गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अशोक पहाडीले लेखेका छन्।

बहसका क्रममा कानुन व्यवसायीहरूले तत्कालीन गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरूलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

हत्याकाण्ड हुँदा गृहमन्त्री कांग्रेस नेता कृष्ण सिटौला थिए।

तत्कालीन गृहमन्त्री, प्रजिअ तथा प्रहरी अधिकारीहरूले घटना लुकाउने प्रयास गरेकाले उनीहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने कानुन व्यवसायीहरूको भनाइ छ।

बहसको क्रममा उनीहरूले मानवताविरुद्ध गरिएको क्रुर अपराधमा अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा दायर गर्न सकिने धारणा राखेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .