नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत् महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ।
प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।
नियमन आयोगले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो।
नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार महसुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए।

प्रतिक्रिया