ad ad

छापा खबर


निश्चल- स्वस्तिमाको साखमा धक्का!

निश्चल- स्वस्तिमाको साखमा धक्का!

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १:४१,

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई घामड शेरे धेरै कोणमा अर्थपूर्ण थियो।

पहिलो पटक स्क्रिन सेयर गर्दै थिए। त्यसैले दुबै मरिमेटेर प्रचारमा लागे।

फिल्म ८ कात्तिकमा रिलिज हुँदै थियो। तर, अन्तिम समय सर्नु पर्यो त्यो पनि पर्याप्त शो नपाए।

जोकर, छ माया छपक्कैलगायत फिल्म पहिल्यैबाट प्रदर्शनमा थिए, त्यसमाथि मल्टिस्टार हाउसफुल ४ थपियो।

पोइ पर्यो काले पनि सँगै रिलिज भयो। त्यसैले घामड शेरेले अपेक्षाकृत शोज् पाएन। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

रिलिजको मुखैमा सर्नुपरेपछि निश्चलले फेसबुकमा हलवाला र वितरकप्रति रोष पोखे।

तर धेरैले यसलाई निश्चल- स्वस्तिमाको साखमा धक्का लागेको रुपमा अथ्र्याएका छन्।

आशा गरौँ, त्यतिबेला शो नपाएर फेरि सर्नुपर्ने बाध्यता आइलाग्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .