छापा खबर


बढ्दै निर्यात, घट्दै व्यापार घाटा

बढ्दै निर्यात, घट्दै व्यापार घाटा

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ०:४५,

यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ। अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो।

भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ। व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको खबर आजको कान्तिपुरमा कृष्ण आचार्यले लेखेका छन्।

भारतसँग आयात घटेको र निर्यात बढेको छ। चीनसँग ने आयात बढेको र निर्यात घटेको छ।

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटाले व्यापार बेहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad