छापा खबर


अमेरिकावासी यी नेपालीको सुझाव : अमेरिका जाँदैमा चमत्कार हुँदैन

अमेरिकावासी यी नेपालीको सुझाव : अमेरिका जाँदैमा चमत्कार हुँदैन

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १:२४,

डोटीको चुडीमा जन्मिएका वासुदेव फुलाराको बाल्यकाल चरम गरिबीमा बित्यो। फुलाराले सने २००१ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर टप गरेका थिए। सन् २००५ मा अमेरिकामा पुगेपछि भने उनको जीवनमा परिवर्तन देखापर्न थाल्यो।

फुलाराले अमेरिका पुगेपछि भ्कार्गाेजो ल स्कुलबाट मास्टर्स इन ल गरे। त्यसपछि अमेरिकामा कानुनी रूपमा काम गर्न थालेका वासुदेवले अहिले अथक परिश्रमको बलमा राम्रो स्टाटस बनाएका छन्। न्युयोर्कको अति व्यस्त ठाउँ टाइम स्क्वायरको चर्चित भवन पारामाउन्ट बिल्डिङमा उनको ल अफिसेस अफ बासु डी फुलारा पिसी नामको अफिस छ। फुलारा टाइम्स स्क्वायरको कोर एसियामा अफिस हुने सम्भवतः एक्ला नेपाली हुन्।

नेपाली समाज, त्यहाँका नेपालीको अवस्था, अमेरिकी समाज तथा नेपालीका समस्या आदि नजिकबाट नियालेका फुलारासँग मुकुन्द बोगटी जनक तिमिल्सिनाले गरेका कुराकानी आज कात्तिक १५ मा प्रकाशित शुक्रबार साप्ताहिकले छापेको छ। प्रस्तुत छ, त्यस एक अंश :

नेपालबाट अमेरिका जाने मुख्यतया दुई वर्ग छन्। एउटा विद्यार्थी र अर्काे अमेरिकामा चमत्कार हुन्छ भनेर जाने मध्यम उमेर समूह। उनीहरूलाई के सुझाव दिनुहुन्छ?
अमेरिका पुग्दैमा चमत्कार हुँदैन, डीभी पर्दैैमा चमत्कार भैहाल्ने होइन। अमेरिका गएर पढ्न सक्ने र रोजगारी सिर्जना गर्न सक्नेका लागि मात्र चमत्कार हुन सक्छ। त्यस्तो चमत्कार गर्न पनि २० वर्ष लाग्न सक्छ। अमेरिका जाँदैमा, डीभी पर्दैमा वा ग्रिनकार्ड पाउँदैमा चमत्कार हुँदैन, त्यहाँ गएर कडा मिहिनेत गर्नुपर्छ, १८–२० घण्टा काम गर्नुपर्छ, फिजिकल कामहरू त्यस्तै हुन्छन्, मेन्टल प्रेसर पनि धेरै हुन्छ।

नेपालबाट प्लस टु गरेर अमेरिका गएको छ र त्यहाँ काम गर्दै पढ्ने हो भने जिन्दगीभरिका लागि दुःख मात्र हुन सक्छ। दुःख गर्न भौतिक क्षमता पनि चाहिन्छ। अमेरिका गएर पढ्न सक्यो, राम्रो डिग्री लिएको छ, टेक्निकल्ली स्ट्रोङ माइन्ड छ भने मात्र चमत्कारको बाटो खुल्न सक्छ। अहिले पनि अमेरिकामा प्रेसरमा काम गर्ने र डिप्रेसनमा गएका थुप्रै नेपाली छन्। काम गर्न नसक्नेलाई अमेरिकामा धेरै गाह्रो छ भने अनुसन्धानकर्ता तथा एकेडेमिसियनहरूलाई अवसर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad