छापा खबर


ग्रान्डी अस्पतालको नवौं तला सिल गरेर प्रधानमन्त्रीको उपचार, सूचना नचुहाउन ह्विप नै जारी

ग्रान्डी अस्पतालको नवौं तला सिल गरेर प्रधानमन्त्रीको उपचार, सूचना नचुहाउन ह्विप नै जारी

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगियो। रगतमा पानीको मात्रा बढी भएर, शरीर सुन्निएर ज्वरोसमेत आएपछि उनलाई अस्पताल लगिएको थियो।

जहाँ उनको खकार, पिसाबलगायत आवश्यक स्वास्थ्य जाँच गरियो । चिकित्सकका अनुसार क्रेटानिनको मात्रा बढी देखिएको थियो । तत्कालै उपचार गर्नुपरेपछि चिकित्सकले अल्ट्रा–फिल्ट्रेसनमार्फत शरीरको पानी सफा गरेका थिए।

अस्पतालको नवौँ तला सिल
प्रधानमन्त्रीको निजी चिकित्सक नेफ्रोलोजिस्ट डा। दिव्या सिंहको नेतृत्वमा उपचार गरिएको थियो । अस्पतालको नवौँ तला सिल गरेर प्रधानमन्त्रीलाई राखिएको चिकित्सकहरूले बताए । त्यहाँ सीमित सुरक्षाकर्मी र उपचारमा आवश्यक पर्ने चिकित्सकलाई मात्रै जान दिइएको थियो । डा दिव्या सिंह शाह, आइसियू विभाग प्रमुख डा। सुवास आचार्यलगायत केही मेडिकल अफिसर उपचारमा खटिएको अस्पताल स्रोतले जनायो भनेर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डे र अर्जुन अधिकारी मिलेर विस्तृत खबर लेखेका छन्।

ह्विप जारी
स्रोतका अनुसार स्वास्थ्यबारे सूचना नचुहाउन प्रधानमन्त्री र उनीनिकटले ह्विप नै जारी गरेका थिए । उपचारमा संलग्न एक चिकित्सकले बिहीबार दिउँसो पत्रकारसँगको भेटमा भनेका थिए, ‘हामीलाई केही थाहा छैन मात्रै भन्नु भन्ने आदेश छ । त्यसैले उहाँबारे हामीलाई केही थाहा छैन ।’ बिहीबार अस्पताल पुगेका नेकपा नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

दिउँसो ३ बजे नेकपा अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए । उनले झन्डै एक घन्टा अस्पतालमा बिताए । प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको भन्दै उनी बाहिरिएका थिए । मिडियाको दबाबका बीच अस्पतालले साँझ ५ बजे पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिएको हो । औपचारिक जानकारी दिए पनि अस्पतालले नियमित डायलाइसिस गर्ने या नगर्नेबारे निर्णय दिन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad