निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ।
महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र मातृका दाहालले लेखेका छन्।
सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्त भएको जानकारी दिए।
उनले तिहार बिदाका कारण आइतबारदेखि अदालत बन्द हुने भएकाले आगामी बिहीबार प्रतिवेदन अध्ययन गरेर निर्णय हुने बताए।
महानगरीय प्रहरी परिसर स्रोतका अनुसार महरामाथि मुलुकी अपराध संहिताको दफा २१९ मा उल्लेखित ‘जबर्जस्ती करणी’ को प्रयास गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ।
दफा २३ अनुसार एउटै कार्यालयमा कार्यरत कर्मचारीमाथि करणी प्रयासको आरोपमा पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
पीडित संसद् सचिवालयकी कर्मचारीको उमेर १८ वर्षभन्दा माथि रहेको र उनीमाथि बलात्कार प्रयास भएको आरोप लागेकाले पुष्टी भए महरालाई साढे ३ देखि ५ वर्षसम्मको सजाय हुन्छ।
संहिताको दफा २१९ बमोजिम आरोपितलार्य ७ देखि १० वर्ष कैदको आधा सजायको मागदाबी लिन प्रहरीले राय पेस गरेको छ।
Shares

प्रतिक्रिया