छापा खबर


विवेकशीलको नेतृत्वबाट चर्चित नेता किन बाहिरिए?

विवेकशीलको नेतृत्वबाट चर्चित नेता किन बाहिरिए?

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार २:०,

विववेकशील नेपाली दलको २८ असोजमा सम्पन्न महाधिवेशनबाट निर्वाचित संघीय नयाँ कार्यसमितिमा यसअघि चर्चामा रहेका नेता बाहिरिएका छन्।

निवर्तमान अध्यक्ष उज्वल थापा, प्रदेश ३ प्रदेशसभा सांसदद्वय रमेश पौड्याल र विराजभक्त श्रेष्ठ, रञ्जु दर्शना र पुकार बम महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवार बनेनन्।

उज्वल थापा, रञ्जु दर्शना, रमेश पौडेल, पुकार बमलगायत चर्चित नाम केन्द्रीय समितिमा अटाएनन्।

६ पदाधिकारीसहित १० खुला सदस्य, आठ महिला सदस्य, आठ समावेशी सदस्य र दुई युवा सदस्य गरी ३४ पदका लागि भएको निर्वाचनमा उनीहरूले प्रतिस्पर्धा नै नगरेका खबर आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भट्टराईले लेखेका छन्।

निवर्तमान अध्यक्ष थापाले महाधिवेशनअघि नै आफू अध्यक्षमा पुनः नउठ्ने सार्वजनिक घोषणा गरेका थिए।

अघिल्लो कार्यसमितिमा प्रवक्ता रहेका प्रदेश सांसद पौड्यालले कार्यकारी पदमा नबसेरै पार्टीमा काम गर्न सकिन्छ भन्ने सन्देश दिन नयाँ कार्यसमितिमा नआएको बताए।

‘महाधिवेशनबाट आएको नयाँ कार्यसमितिमा उज्वल थापा, म, विराजभक्त श्रेष्ठलगायत साथी छैनौँ, यो असन्तुष्टिका कारण होइन,’ पौड्यालले भने, ‘पार्टीको कार्यकारी पदमा नबसेरै पनि काम गर्न सकिन्छ नि।’

नवनिर्वाचित अध्यक्ष मिलन पाण्डेले नयाँ अनुहारलाई स्थापित गर्नका लागि पुराना नेताले उम्मेदवारी नदिएको दाबी गरे । ‘पुराना चर्चित नेता हामीसँगै हुनुहुन्छ, उहाँहरूले नयाँ अनुहारलाई प्रतिस्पर्धाबाट माथि आउन दिन उम्मेदवारी नदिनु भएको हो,’ पाण्डेले भने, ‘उहाँहरूलाई केन्द्रीय समितिमा ल्याउने हामीसँग ठाँउ बाँकी छन् । हामीले उहाँहरूलाई केन्द्रीय समितिमा फेरि ल्याउनेछौँ।’

९९ सदस्यीय संघीय कार्यसमितिमा खुला प्रतिस्पर्धाबाट निर्वाचित पदाधिकारी र सदस्यसहित ३४ जनाबाहेक ४० जना आठ प्रदेशबाट पाँचजनाका दरले चुनिने विधानमा व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad