छापा खबर


झूटो बोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् ‘सांसद’ आलमले

झूटो बोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् ‘सांसद’ आलमले

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १:२६,

बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ पवरको सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरेका छन्।

१२ वर्षअघिको उक्त घटनाबारे इन्कारी बयान दिएपछि झूटो बोले/नबोलेको पत्ता लगाउन मंगलबार प्रहरीले पोलिग्राफ टेस्ट गर्न खोजेको थियो।

पहिलो संविधासभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति साविकको राजपुर फरहदवा गाविस ४ हाल राजपुर नगरपालिका ४ मा बम विस्फोट भएको थियो।

उक्त विस्फोटमा घाइते भएकालाई जलाएको आरोपमा आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २४ गते पक्राउ गरेको हो।

विस्फोटको घटना नभएको र आफूलाई प्रमाणबिना पक्राउ गरेको दाबी गर्दैै आलमले सरकारी वकिलको कार्यालयमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन्। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुरमा लेखेका छन्।

इन्कारी बयान दिएपछि पोलिग्राफ टेस्ट गर्न खोज्दा आलमले नमानेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad