छापा खबर


राजपुर बमकाण्डः तत्कालिन सिडिओ र प्रहरीप्रमुख छानविनमा

राजपुर बमकाण्डः तत्कालिन सिडिओ र प्रहरीप्रमुख छानविनमा

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १:११,

राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानविन दायरामा परेका छन्।

तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिल कार्यालयका प्रमुख ध्रुबमणि ज्ञवाली छानविन दायरामा तानिएका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

रौतहटका तत्कालिन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको भने मृत्यु भइसकेको छ।

बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोपमा कांग्रेस सांसद महम्मद अफताव आलम पक्राउ परेपछि रौतहट प्रहरीले त्यतिबेला जिल्लाको प्रशासनिक नेतृत्व गर्ने अधिकारीहरुसँग अनुसन्धानका लागि सहयोग माग्ने र घटना कसरी भयो भन्ने जानकारी लिने उद्देश्यले उनीहरुलाई बोलाउने तयारी गरेको हो।

रौतहट प्रहरीले मंगलबार दुईजना साक्षीको बयान लिएको छ। सरकारी वकिलसमक्ष उनीहरुले बम विस्फोटका घाइतेलाई अहिले चर्चामा आएको बाहेक अर्को इँटाभट्टामा समेत लगेर जलाइएको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad