डोजरले हुत्याउँदा बैतडीको दशरथ ९ की गौरी जोशी घाइते भएकी छन्।
सुन्नाखानबाट जोड्ने सडक खन्ने विषयमा सोमबार ग्वाल्लेक चिलाउनेमा झडप भएको थियो। त्यसमा ८ जना घाइते भएका हुन्।
त्यसबेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा भगीरथ अवस्थीले लेखेका छन्।
गौरीको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका पति जगदीशले बताए।

प्रतिक्रिया