छापा खबर


आलम अपराध : मुद्दा फिर्ता लिन पीडितलाई १० लाखको प्रलोभन

आलम अपराध : मुद्दा फिर्ता लिन पीडितलाई १० लाखको प्रलोभन

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ०:४३,

मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ।

श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको छ।

‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमका प्रलोभन आइरहको छन्,’ उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैलै खसीबाख्रा पालेको थिएँ र? छोरो जन्माएर पालेको थिएँ, ह, हजुर!’

आलम छुटेर आए आफू र परिवारको सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजकरण महतो फणि महतले लेखेका छन्।

रौतहटको यमुनामाई ४ सरुअठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र २४ वर्षीय ओसी अख्तर (बम विस्फोटका घाइते) लाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलमविरुद्ध लागेको छ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन (२७ चैत २०६४ साँझ)राजपुर फरहदवामा बम विस्फोट भएको थियो। बुथ कब्जा गर्ने प्रयोजनका लागि ल्याइएका बम विस्फोट भएको र त्यसमा करिब २४ जना घाइते भएको दाबी गरिएको छ।

आलमले घटना लुकाउन मृतक मात्र होइन, गाउँनजिकै इँटाभट्टामा जलाएको पीडित पक्षको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad