छापा खबर


आलम अपराध : घटनाका घाइते नै पक्राउ परेपछि बलियो हुँदै प्रमाण

आलम अपराध : घटनाका घाइते नै  पक्राउ परेपछि बलियो हुँदै प्रमाण

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ०:४९,

रौतहट इँटाभट्टा काण्डका मुख्य योजनाकार सांसद मोहम्मद अफताव आलम मात्र होइन, घटनामा संलग्न उनका विश्वासपात्र सखी मोहम्मद पनि पक्राउ परेका छन्।

सखी आफैं पनि घाइते भएका थिए। तर तर आलमका विश्वासपात्र भएकाले उनको उपचार गरिएको थियो, त्यसैले उनले घटना लुकाउन सहयोग गर्दै आएका थिए।

विस्फोटमा घाइते भएका व्यक्ति नै पक्राउ परेपछि प्रहरीको प्रमाण बलियो हुने भएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

घटनाका बेला ४७ वर्षका सखी अहिले ५९ वर्षका भएका छन्। बम विस्फोटमा उनी पनि परेका थिए भन्ने पुष्टि गर्न प्रहरीले उनलाई काठमाडौं लगेको थियो।

शुक्रबार शिक्षण अस्पताल महाराजगन्जमा उनको फरेन्सिक जाँच गरिएको थियो। उनको शरीरमा आधा दर्जन खत भेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad