छापा खबर


प्रधानमन्त्रीलाई प्रश्न : सरकारको नेतृत्व आधा-आधा गर्ने समझदारी थियो हैन? त्यो कहिलेबाट लागू हुन्छ?

प्रधानमन्त्रीलाई प्रश्न : सरकारको नेतृत्व आधा-आधा गर्ने समझदारी थियो हैन? त्यो कहिलेबाट लागू हुन्छ?

नेपालखबर
कात्तिक २, २०७६ शनिबार २:९,

पछिल्लो समय सिंगापुरमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहदरबार आवतजात पातलिएको छ। धेरैजसो काम बालुवाटारबाटै हुन्छ।

चीनका राष्ट्रपति सी चिनफिङको सफल भ्रमणपछि निकै उत्साही देखिएका प्रधानमन्त्री आफ्नै निवासमा लामो कुराकानी गर्ने मुडमा देखिए। क्याबिनेट बैठकसमेत केही पर धकेल्दै बिहीबार बिहान उनले कान्तिपुरसित १ घण्टा ४० मिनेट लामो कुराकानी गरे।जुन आजको अंकमा प्रकाशित छ।

प्रस्तुत छ, प्रधानमन्त्री ओलीसँग सुधीर शर्मा दुर्गा खनालले लिएको अन्तर्वार्ताको एउटा अंश : 

सरकार त एक्लै चलाउनुभएको छ। सरकारको नेतृत्व पनि आधा–आधा गर्ने भन्ने समझदारी थियो हैन? त्यो कहिलेबाट लागू हुन्छ?
यदि कुनै समझदारी छ भने त्यो समझादारी आएका बेला (कार्यान्वयन) हुने होला नि? कुनै, केही हुनुछ भने त त्यतिबेला कुरा (समय आएपछि) हुन्छ। यो सरकार अरू कसैलाई हेरेर, अरू कसैको ‘लिडरसिप’ मा बनेको हो र! यो परिस्थिति मेरो ‘लिडरसिप’ मा बनेको हो, जसले जे भने पनि।

अब मैले छाड्नलाई पनि समझारी हुनुपर्छ, होला। अहिल्यै छाड्ने, भरे नै छाड्नेजस्तो, लखेटेर हटाएजस्तो त होइन होला? मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला। समझदारीका साथ हुने अपेक्षा हो भने यो समझारीका साथ हुने अपेक्षाको यत्रो चर्चा कसरी भयो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad