छापा खबर


प्रचण्डलाई प्रश्न : मन्त्री हेरफेरको कुरा किन सेलायो ?

प्रचण्डलाई प्रश्न : मन्त्री हेरफेरको कुरा किन सेलायो ?

नेपालखबर
कात्तिक २, २०७६ शनिबार १:३७,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा जारी १४ बुँदे संयुक्त र २० बुँदे समझादारी/सहमतिमा दुई देशबीच रहँदै आएको ‘विस्तृत साभेदारी’लाई थप उचाइमा लैजाने उल्लेख छ।

यसलाई ‘रणनीतिक साझेदारी’ भनिएको छ। सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सी भ्रमणलाई ‘ऐतिहासिक’ भनेका छन्।

यी लगायतका विषयमा प्रचण्डसँग धनगढीमा शिवराज भट्टले गरेको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ। तर यहाँ भने एउटा फरक प्रसंगको प्रश्नोत्तर मात्र : 

केही दिनअघि मन्त्रिपरिषद् हेरफेरको कुरा आएको थियो तर सेलायो। खासमा के हो?
सरकार परिवर्तन, मन्त्रिपरिषद् हेरफेरका कुरा प्रधानमन्त्रीका अधिकार क्षेत्रका विषय हुन्। तर धेरैले मलाई सोधिरहनुभएको छ।

यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने पनि लाग्छ। प्रधानमन्त्रीले चाहे मन्त्रिपरिषद् हेरफेर हुन्छ। यसमा हामीले सुझाव मात्रै दिने हो। त्यसैले प्रधानमन्त्रीलाई सहज लागेको गर्न यहाँ समस्या छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad