छापा खबर


यसकारण दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल

यसकारण दसैँमा कहिल्यै ससुराली जाँदैनन् राजेश हमाल

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १:४५,

दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।

उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए।

आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो।

हमालको जबाफले सञ्चारकर्मी नै आश्चर्यमा परे। उनले विवाहपछि अहिलेसम्म दसैँकै लागि भनेर ससुराली नगएको बताए।

ठट्यौली पारामा हमालले भने, ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ। त्यसैले अहिलेसम्म दसैँ तिहारमा ससुराली गएको छैन।’
यसपटक धनकुटातिर गएको भए यो पटक दसैँमा ससुराली जाने योजनता थियो, तर नमिलेको उनले बताए।

चाडपर्वमा नगए पनि अन्य समयमा भने ससुराली पुगेको हमाल बताउँछन्।

ससुरालीमा हुने ज्वाइँको स्वागत सत्कार पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad