ad ad

मधेस


भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने

नेपालखबर
मंसिर १८, २०८० सोमबार १०:५१, झापा

भ्रष्टाचारविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशिको पुरस्कार प्रदान गरिने भएको छ।

नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त राशिको पुरस्कार स्थापना गर्न लागिएको हो।

अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम–सरिता फाउन्डेसन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौँस्थित पत्रकार महासंघमा सम्झौता भएको हो।

सम्झौताअनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिनेछ। सम्झौतामा फाउन्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरे।

सम्झौतापछि कुरा गर्दै अध्यक्ष गिरीले भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्धन गर्नका निम्ति कलम चलाउने झापाका एक जना सञ्चारकर्मीलाई पुरस्कृत गर्नका निम्ति पुरस्कार स्थापना गरिएको बताए। ५० हजार ५ सय ५५ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिनेछ।

पत्रकार महासंघ झापामार्फत वितरण गरिने पुरस्कारको अक्षयकोषका लागि हेम सरिता फाउन्डेसनले एकमुष्ट रूपमा ५ लाख रुपैयाँ प्रदान गर्नेछ र यसैको ब्याजबाट हरेक वर्ष पुरस्कार वितरण गरिनेछ।
 
कार्यक्रममा हेम–सरिता फाउन्डेसन टेक्सास, अमेरिकाका अध्यक्ष हेम पाठकले यो सम्झौता नयाँ काम र नयाँ सुरुआत नभई सन् २०१० मा स्थापना गरिएको पुरस्कार पुनः सुचारु गरिएको बताए।


पुरस्कृत गर्नको लागि पहिला विज्ञापनद्वारा निवेदन आह्वान गरी, पुष्टि हुने कागजात पेस गरेपछि मात्रै पुरस्कृत हुने व्यक्ति चयन गर्नुपर्ने सम्झौता राखिएको अध्यक्ष पाठकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .