ad ad

मधेस


सीके राउत र उपेन्द्र यादवको क्षेत्रमा मतगणना रोक्न माग गर्दै मध्यराति प्रदर्शन

सीके राउत र उपेन्द्र यादवको क्षेत्रमा मतगणना रोक्न माग गर्दै मध्यराति प्रदर्शन

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ०:२, काठमाडौँ

सप्तरी क्षेत्र नम्बर २ को मतगणना रोक्न माग गर्दै कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।

मुख्य निर्वाचन अधिकृत कार्यालयको गेटमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले अहिले टायर बालेर प्रदर्शन गरिरहेका छन्। मतपेटिकाको सिल नमिलेको भन्दै पुनः मतगणना गर्नपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

यो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउत र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा छन्। 

मतगणनाको सुरुवाती चरणदेखि नै राउतले फराकिलो अग्रता बनाइरहेका छन्। त्यहाँ अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .