खेल


रोनाल्डोसँग युनाइटेडले गर्‍यो सम्झौता रद्द, विश्वकपकै बिचमा क्लबविहीन

रोनाल्डोसँग युनाइटेडले गर्‍यो सम्झौता रद्द, विश्वकपकै बिचमा क्लबविहीन

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ०:८, काठमाडौँ

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीचको सम्झौता रद्द भएको छ। युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमै रद्द भएको जानकारी दिएको हो। 

रोनाल्डो र युनाइटेडको सम्बन्ध पछिल्लो समय चिसिएको थियो। विश्वकपको पूर्वसन्ध्यामा रोनाल्डोले दिएको एक अन्तर्वार्तापछि क्लब उनीसँग असन्तुष्ट बनेका थियो। रोनाल्डोले क्लबमा आफू खुशी नरहेको सन्देश दिँदै क्लब छाड्न चाहेको बताएका थिए। 

तर युनाइटेडले रोनाल्डोको विषयमा समय आएपछि मात्र बोल्ने बताएको थियो। मंगलबार उसले एकै पटक सम्झौता तोडिएको जानकारी गराएको हो। क्लबले रोनाल्डोलाई आगामी यात्राका लागि शुभकामना दिँदै क्लबमा गरेको योगदानको लागि धन्यवाद दिएको छ। 

अघिल्लो सिजन मात्रै रोनाल्डो युनाइटेडमा पुनः फर्किएका थिए। युनाइटेडबाट उनले ३४६ खेलमा १४५ गोल गरेका थिए। पहिले युनाइटेडमै रहेका रोनाल्डो त्यहाँबाट रियल मड्रिड प्रस्थान गरेका थिए। रियलमा छँदा केही महत्वपूर्ण उपाधि व्यक्तिगत र क्लबका लागि पनि दिलाए। 

तर उनी त्यहाँबाट इटलियन क्लब युभेन्टस पुगेका थिए। युभेन्टसमा च्याम्पियन्स लिग जित्ने सपना पूरा नभएपछि युनाइटेड फर्किएका थिए। तर त्यहाँ पछिल्लो यात्रा तनावपूर्णरुपमा बित्यो। 

खासगरी प्रशिक्षक एरिक टेन हागसँगको सम्बन्ध मैदानमै छताछुल्ल भएको थियो। रोनाल्डोले अब फ्रि एजेन्टका रुपमा अर्को क्लबमा जान पाउने छन्। उनले सिटी जाने संकेत गरे पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .