मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनता समाजवादी पार्टी जसपा नेपालले सरकार ढाल्ने प्रयास गरेको आरोप लगाएका छन्।शुक्रबार विश्वासको मत लिनका लागि बसेको बैठकमा उनले उपेन्द्र यादवतर्फ संकेत गर्दै गोकुलधामबाट सरकार ढाल्ने काम भएको आरोप लगाएका हुन्।
मुख्यमन्त्री यादवले जसपा नेपालको पार्टी कार्यालयलाई गोकुलधाम अर्थात् यादव जातीहरूको कार्यालय भनेर सम्बोधन गरेका हुन्। जसपा नेपाल आफू सरकारको नेतृत्व लिन जनमत पार्टीलाई उक्साएर समर्थन फिर्ता लिन लगाएको उनले सांकेतिकरूपमा आरोप लगाए।
मुख्यमन्त्री यादवले आवश्यकता र परिस्थितिको मागअनुसार सत्ता समीकरण फेरिएको भन्दै सरकारलाई सहयोग गर्न दलहरूलाई आग्रह गरे।
बैठकमा जनमत पार्टी संसदीय दलको नेता चन्दन सिंहले सरकारको कामकारबाही सुस्त गतिमा र सरकारमा भएका आफ्ना दलका मन्त्रीलाई काम गर्न नदिई होच्याउने गरेको कार्यशैलीबाट आजित भई सरकारबाट समर्थन फिर्ता लिएको बताएका थिए। उनले यो गठबन्धन लामो समयसम्म नटिक्ने पनि दाबी गरे।
Shares

प्रतिक्रिया