नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक असारमा बोलाइने भएको छ।
शनिबार बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एक नेताले जानकारी दिए। बैठकले सचिवालय बैठकका निर्णयहरू अनुमोदन गर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वरीयता एवं जिम्मेवारी टुंगो लगाउनेछ। केन्द्रीय कमिटी बैठकपछि एमाले स्थानीय तहको चुनावको तयारीमा लाग्नेछ।
‘अब बस्ने सचिवालय बैठकले असारको अन्त्यभित्र केन्द्रीय कमिटीको बैठक बस्नेगरी मिति तय गर्छ,’ ती नेताले नेपालखबरसँग भने।
शुक्रबार अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा सचिवालय बैठक बसेको थियो। बैठकमा पाँच उपाध्यक्षले धारणा राखेका छन्।
उनीहरूमध्ये चार उपाध्यक्षले फागुन २१ गते भएको प्रतिनिधि सभाको चुनावमा भएको पराजयको जिम्मा लिँदै पार्टी पुनर्गठनको लागि मार्ग प्रसस्त गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए। उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीले पद छोड्नुपर्ने धारणा राखेका हुन्।
Shares

प्रतिक्रिया