मधेस प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गरी मधेस प्रदेश सरकारको वैशाख ९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरे अनुसार अधिवेशन अन्त्य भएको जनाएको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज (वैशाख ११ गते) राति १२ बजेदेखि लागू हुने गरी छैटौँ अधिवेशन अन्त्य गरिएको हो।
21
Shares

प्रतिक्रिया