मधेस प्रदेश सभा अन्तर्गत रहेको प्रदेश मामिला समितिले वार्षिक कार्यसम्पादन सम्बन्धी प्रतिवेदन सभामुख रामआशिष यादवसमक्ष पेस गरेको छ।
गत एक वर्षको अवधिमा समितिले गरेका कार्य, समितिको गतिविधि, अनुगमन, अध्ययन तथा सिफारिसहरू समेटिएको प्रतिवेदन औपचारिक रूपमा सभामुख यादवलाई बुझाएको हो।
प्रतिवेदनमा प्रदेशभित्रका विभिन्न निकायहरूको कार्यसम्पादन, कानुन कार्यान्वयनको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका लागि आवश्यक सुझावहरू समावेश गरिएको समितिका सभापति रत्नेश्वर गोइत यादवले बताएका छन्।
जनप्रतिनिधिहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन र प्रदेश शासन प्रणालीलाई सुदृढ बनाउनु पर्नेमा समितिले सो प्रतिवेदनमा विशेष जोड दिइएको छ।
समितिका सभापति रत्नेश्वर गोइत यादवले प्रतिवेदनले प्रदेश सरकारका काम कारबाहीलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
समितिले प्रतिवेदनमा उठाएका विषयहरूलाई तत्कल कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराइएको उनले बताए।
प्रतिवेदन बुझ्दै सभामुख यादवले समितिको सक्रियताप्रति धन्यवाद व्यक्त गरे। उनले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनतर्फ अग्रसर हुन सरकारलाई निर्देशन दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया