मधेस


धनुषामा ५५ प्रतिशत मतदान

धनुषामा ५५ प्रतिशत मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १५:१३, काठमाडौँ

जारी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषामा दिउँसो २:३० बजेसम्म ५५ प्रतिशत मतदान भएकाे छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उक्त अवधिमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा ५५ प्रतिशत हाराहारी मतदान भइसकेको जानकारी दिए। 

उनका अनुसार जिल्लामा अहिलेसम्म २ लाख ९० हजार मतदाताले भोट हालेका हुन्। 

मतदाताले उत्साहपूर्वक मतदान गरिरहेको उनकाे भनाइ छ।

हालसम्म जिल्लाभरका कुनै पनि मतदानस्थल तथा मतदान केन्द्रमा विवाद नभएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए।

पाँच लाख १४ हजार ५७१ जना मतदाता रहेको धनुषामा १५७ जना उम्मेदवार छन्।

धनुषा निर्वाचन क्षेत्र १ मा ४१, २ मा ३४‚ ३ मा ४५ र ४ मा ३७ जना उम्मेदवार छन्।

धनुषा १ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा ४२ उम्मेदवार भए पनि दुई दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि ४२ बाट ४१ जना उम्मेदवार कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad